Skip to content

सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं । सातको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक १८.३७ अंक बढेर २६१९.९९ विन्दुमा पुगेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक बढेको छ।
मंगलबार सेयर बजार बढेको भएता पनि कारोबार रकम भने अघिल्लो कारोबार दिन सोमबारको तुलनामा घटेको छ । सोमबार ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
मंगलबार कारोबारमा आएको १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ । बाँकी एक उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५६ प्रतिशत बढेको छ। आज होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।
आज कारोबारमा आएको ३ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानल नेपालको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसैगरी, आज कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज १९ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसैगरी, आज लुम्बिनी विकास बैंकको करिब साढे १० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life