Skip to content

सोल्टी होटलद्वारा कम्पनी ऐनको उल्लंघन, कानून विपरीत सञ्चालक समिति चयन

nabil bank

काठमाडौं । सोल्टी होटलले कम्पनी ऐन २०६३ मा भएको व्यवस्था उल्लंघन गरेको छ । सोल्टीले ऐनमा भएको व्यवस्था विपरीत सञ्चालक समिति चयन गरेको होे ।

सोल्टीले कम्पनी ऐन २०६३ को दफा ८३ को उपदफा ३ मा भएको व्यवस्था विपरीत सञ्चालक समिति चयन गरेको हो ।  ऐनको उपदफा ३ मा ‘‘सञ्चालक समिति गठन हुँदा कम्पनीको नियमावलीमा तोकिएको योग्यता भएको र सम्बन्धित कम्पनीको व्यवसायसँग सम्बन्धित विषयमा ज्ञान तथा अनुभव हासिल गरेको व्यक्तिहरुमध्ये सात जनासम्म सञ्चालक भए कम्तीमा एकजना र सात जनाभन्दा बढी सञ्चालक भएमा कम्तीमा दुईजना व्यक्तिलाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गर्नु पर्नेछ ’’ छ भन्ने व्यवस्था गरेको छ । तर, सोल्टी होटलले मंसिर २८ गते सम्पन्न गरेको साधारणसभाले उक्त व्यवस्था विपरीत सञ्चालक समिति तय गरेको छ ।

त्रिभुवन आर्मी अफिर्सस क्लबमा भएको सभाले ८ जना सन्चालक र एक जना स्वतन्त्र सन्चालकक चयन गरेको छ । कम्पनीले ऐनमा भएको व्यवस्था मानेको थियो भने २ जना स्वतन्त्र सञ्चालक चयन गर्नुपर्ने हो । उक्त ऐनमा भएको व्यवस्थालाई होटलले नमान्दा एक जना मात्रै स्वतन्त्र सञ्चालक चयन गरेको हो ।

सभापछि कम्पनीले जनाए अनुसार सञ्चालक समितिमा संस्थागत सेयरधनीहरु मध्येबाट नियुक्त ५ जना र सर्वसाधारण सेयरधनीहरु मध्येबाट ३ जना संचालक र १ जना स्वतन्त्र संचालक गरी ९ जना नयाँ संचालक समिति गठन गरेको छ ।

संस्थागत सेयरधनी सोल्टी ईन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्दै ४ जना सञ्चालक भएका छन् । जसमा दिनेश बहादुर विष्ट, रवि भक्त श्रेष्ठ, राजेश काजि श्रेष्ठ र जया राज्यलक्ष्मी शाह रहेका छन् । यस्तै नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्न १ जना सञ्चालकमा अमृत मान श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीका लागि सर्बसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्न ३ जना चयन भएका छन् । जसमा प्रकाश विक्रम खत्री, शशीराज पाण्डे, र निरञ्जन कुमार टिवरेवाला रहेका छन् । कम्पनीको ५१औं वार्षिक साधारण सभाले डा। माधव गिरीलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime