Skip to content

भुजुङ्ग हाइड्रोपावरको आईपीओ निष्कासन, कसले कहिलेसम्म पाउँछ आवेदन दिन ?

nabil bank

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय र श्रम स्वीकृत लिएर विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँको २० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १० करोड रुपैयाँको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गरेको छ ।

यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको सेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिका–४ का स्थानियलाई छुट्याएको छ । बाँकी ४० प्रतिशत अप्रत्यक्ष प्रभावित क्षेत्र सोही गाउँपालिका–१, २, ३, ५, ६, ७, ८ र ९ का स्थानीयका लागि छुट्याएको छ ।

यस्तै सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड रुपैयाँको १ लाख कित्ता साधारण सेयर श्रम स्वीकृती लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि छुट्याएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

योजना प्रभावित क्षेत्रका स्थानियले पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ २ गतेसम्म आवेदन दिन सकिने छ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस १७ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा स्थानियले क्व्होलासोथार गाउँपालिका–४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा कार्यालय र भुजुङ्ग हाइड्रोपावरको सामाखुशी, काठमाडौँस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime