ललितपुर । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् ।
अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले बितेको तीन महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राखे ।
युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिए ।
“गएको तीन महिनामा १० प्रतिशतको हाराहारीमा राजस्व वृद्धि भएको छ । उत्पादकत्व र उत्पादन वृद्धि भइरहेको छ, अन्तरिम सरकारले छोटो अवधिमा पनि सुधार गर्दै लगानीको वातावरण तयार गरेको भनेर चिनियाँ लगानीकर्ताले प्रशंसा गरिरहनुभएको छ”, अर्थमन्त्री खनालले भने ।
मन्त्री खनालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै यस क्षेत्रमा रहेको तरलता व्यवस्थापन र लगानीको वातावरण तयारका लागि सरकारले येजनाबद्ध काम गरिरहेको बताए ।







प्रतिक्रिया दिनुहोस्