काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा विजयी भएकी छिन् ।
उनी उपत्यकाबाट अत्यधिक मतसहित विजयी भएकी हुन् ।
भूगोल राजधानी विशेषबाट उनी उम्मेद्वार बनेकी थिएन् । उनले ईन्जिनियर राजन थापा र सन्तोष खड्कालाई पराजित गरेकी छिन् ।
डंगोलले १६६८ मत पाएकी छिन् । यस्तै खड्काले ३३० र थापाले २२९ मत पाएका छन् । डंगोल अध्यक्ष केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्यमा विजय भएकी हुन् ।







प्रतिक्रिया दिनुहोस्