काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १०.६६ अंक घटेर २६१५.०३ विन्दुमा झरेको छ । यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।
यसदिन सेयर घटेपनि कारोबार रकम बढेको छ । बिहीबार ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । बुधबारको बजारमा ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।







प्रतिक्रिया दिनुहोस्