Skip to content

सुनको मूल्य बढ्यो, चाँदीकाे मूल्यमा आज पनि रेकर्ड ब्रेक

nabil bank

काठमाडौं । बिहीबार, सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime