काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिवमा अध्यक्ष केपी शर्मा ओली प्यानल नै विजयी भएका छन् ।
अन्तिम परिणाम अनुसार ईश्वर पाखरेल समूह सचिवमा क्लीन स्वीप भएको छ । ९ सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले १५४४ मत ल्याएर विजयी भएका हुन् ।
यस्तै पद्माकुमारी अर्यालले १५३० मत, छविलाल विश्वकर्माले १५०६ मत, शेरधन राईले १५०३ मत, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १२३१ मत, यामलाल कंडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकालले ११०८ मत पाएका छन् ।







प्रतिक्रिया दिनुहोस्