Skip to content

एमालेको १९ सदस्यीय पदाधिकारी कमिटीः सर्वाधिक मत गुरुङलाई, महासचिव १६औं, ओली कुन स्थानमा ?

nabil bank

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ पदाधिकारी चयन गरेको छ ।

एमालेको नयाँ १९ जना पदाधिकारीमा सर्वाधिक मत पाउनेमा पृथ्वीसुब्बा गुरुङ रहेका छन् । उनले १७३७ मत पाएका छन् ।

धेरै मत पाउने दोस्रोमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल रहेका छन् । पौडेलले १६७५ मत पाएका छन् । अध्यक्षमा निर्वाचित भएका ओलीले १६६३ मत पाएका छन् । धेरै मत पाउनेमा ओली तेस्रो स्थानमा रहेका छन् ।

सचिवतर्फ सर्वाधिक मत पाएका महेश बस्नेत चौथो नम्बरमा रहेका छन् । उनले १५४४ मत पाएका छन् ।

एमाले महासचिव शंकर पोखरेल भने १६औं स्थानमा रहेका छन् । उनले १२२८ मत पाएका छन् ।

सबैभन्दा कम मत पाउनेमा भानुभक्त ढकाल रहेका छन् । उनले ११०८ मत पाएका छन् ।

एमालेको नयाँ पदाधिकारीमा निर्वाचित भएका ईश्वर पोखरेल समूहका उपाध्यक्ष गोकर्ण बिष्ट १० औ स्थानमा रहेका छन् । उनले १३६८ मत पाएका छन् ।

पोखरेल समूहका उपमहासचिव योगेश भट्टराई १२ औं स्थानमा छन् । उनले १३४८ मत पाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime