काठमाडौं । शुक्रबार, सुन र चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन प्रतितोला २ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बिहीबारको बजारमा सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ घटेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।







प्रतिक्रिया दिनुहोस्