काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा लटरी (डिभी) स्थगित गरेको छ । अमेरिकामा धेरै बसोबास नभएका देशका नागरिकहरुलाई स्थायी बसोबासका लागि आवेदन दिन अनुमति दिने डीभी लटरी अस्थायी रूपमा बन्द गरिएको हो ।
ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने बताएको एक महिनापछि यो घोषणा आएको हो ।
होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोमले यो निर्णय ट्रम्पको निर्देशनमा लिइएको र अमेरिकी नागरिकता तथा आप्रवासन सेवा कार्यक्रम रोक्न भनिएको दी गार्डियन अनलाइनमा संस्करणमा उल्लेख छ।







प्रतिक्रिया दिनुहोस्