काठमाडौं । नबिल बैंकले सेयरधनीका लागि घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।
लाभांश राष्ट्र बैंकले स्वीकृत गरेसँगै नबिलले आगामी बार्षिक साधारणसभा समेत बोलाएको छ ।
राष्ट्र बैंकले लाभांश स्वीकृत गरेसँगै आज बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी साधारणसभा बोलाएको हाे ।
बैंक स्रोतका अनुसार आगामी बार्षिक साधारणसभा पुस २८ गते हुनेछ ।
बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।







प्रतिक्रिया दिनुहोस्