Skip to content

सपोर्ट लघुवित्तले १० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

nabil bank

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यस कम्पनीले आफ्ना लगानीकर्तालाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यस कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड २२ लाख ४४ हजार ३४४ रुपैयाँ बराबरको लाभांश घोषणा गरेको छ । जसमध्येमा लघुवित्तले ९.५० प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi