काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकले पटक–पटक कारबाही गरे अग्रवालले बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन्।
राष्ट्र बैंकले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपाने र अध्यक्ष अग्रवाललाई २–२ लाख जरिवाना तिराउने निर्णय गरेको थियो । सो पत्र बैंकका प्रतिनिधिले पुस ४ गते लिएका थिए ।
पत्र प्राप्त गरेपछि अध्यक्ष अग्रवालले राजीनामा दिएका हुन् । उनको राजीनामा आइतबारको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो ।







प्रतिक्रिया दिनुहोस्