काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ ।
कम्पनीले निष्कासन गरेको आईपीओमा आज ५ बजेसम्म ५३ लाख ९८ हजार १०० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा १ लाख ९१७ जनाले आवेदन दिएका छन् ।
सेयर निष्कासन गरेको पहिलो दिन ४ अर्ब ४३ करोड ४३ करोड ७ लाख ६० हजार ४८० रुपैयाँको आवेदन परेको छ ।
कम्पनीले निष्कासन गरेको आईपीओमा प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा पुस ११ गतेसम्म आवेदिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन ।







प्रतिक्रिया दिनुहोस्