Skip to content

सुन–चाँदीको मूल्यमा रेकर्ड ब्रेक, कति छ कारोबार मूल्य ?

nabil bank

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोामबार छापावाला सुन तोलाको तीन हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलाको १३० रुपैयाँ बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य तोलाको २ लाख ५८ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, सोमबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य तोलाको ४ हजार १०५ रुपैयाँमात्र थियो । पछिल्लो केहि समय यता सुन–चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime