Skip to content

तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगले बयानका लागि बोलायो 

nabil bank
काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकलाई सरकारले गठन गरेको जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानमा उपस्थित हुन आग्रह गर्दै पत्र लेखेको हो।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । जेनजी आन्दोलनको क्रममा भएको मानवीय क्षतिमा लेखक गृहमन्त्री भएकाले जबाफदेही हुनुपर्ने आवाज उठिरहेको छ । उनले भदौ २३ गते बेलुका राजीनामा दिएका थिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime