काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ५२ औँ कर्पोरेट तथा धन्यवाद दिवसको अवसरमा सामुदायिक सरसफाइ अभियान सञ्चालन गरेको छ। लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिको अगुवाइमा चन्द्रागिरि नगरपालिका अन्तर्गत पर्ने चन्दन प्रभात्तेश्वर मन्दिर परिसरमा उक्त सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, स्वच्छ वातावरणको प्रवर्द्धन र समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखी आयोजना गरिएको यस अभियानमा लक्ष्मी कमर्सियलका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर परिसर तथा आसपासका क्षेत्रको सरसफाइ गर्दै वातावरण स्वच्छ राख्न योगदान दिएका थिए।
लक्ष्मी ग्रुपले आफ्नो ५२ वर्षे यात्रामा व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिँदै आएको जनाएको छ। यस सरसफाइ अभियानमार्फत समूहले धार्मिक सम्पदाप्रति सम्मान व्यक्त गर्दै समुदायसँग सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
कार्यक्रमका क्रममा स्वच्छ वातावरण र जिम्मेवार नागरिक सहभागितामार्फत दीगो समाज निर्माणमा योगदान पुर्याउने लक्ष्य स्पष्ट पारिएको थियो। “कृतज्ञताबाट जिम्मेवारीसम्म” भन्ने मूल भावनाका साथ सञ्चालन गरिएको यस अभियानले समाजप्रतिको लक्ष्मी ग्रुपको निरन्तर प्रतिबद्धता झल्काएको छ।
लक्ष्मी ग्रुपले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सामुदायिक गतिविधिहरूलाई निरन्तरता दिँदै राष्ट्र र समाजको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।







प्रतिक्रिया दिनुहोस्