Skip to content

ब्ल्याकंडेकरका उपकरण खरिदमा मुम्बईमा नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर

nabil bank

काठमाडौं । विश्वप्रख्यात अमेरिकी ब्रान्ड ब्ल्याकंडेकरले आफ्ना ग्राहकहरूका लागि आईसीसी टी–२० विश्वकपलाई लक्षित गर्दै विशेष उपहार योजना सार्वजनिक गरेको छ। “पावर योर होम” भन्ने नारासहित ल्याइएको यस योजनाअन्तर्गत ब्ल्याकंडेकरका घरायसी उपकरण खरिद गर्ने ग्राहकले बम्पर उपहारस्वरूप मुम्बई भ्रमण जित्ने अवसर पाउनेछन्।

आगामी आईसीसी टी–२० विश्वकपको उत्साहलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको यस योजनाको मुख्य आकर्षण भनेको भाग्यशाली विजेताले लक्की ड्रमार्फत पाँच दिने विलासी मुम्बई भ्रमणको प्याकेज प्राप्त गर्नु हो। उक्त प्याकेजमा दुईतर्फी हवाई टिकट, तारे होटलमा बसाइ तथा खानपिन, मुम्बई सहर अवलोकन र वानखेडे रंगशालामा हुने नेपालको खेलको प्रत्यक्ष टिकट समावेश गरिएको कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याकंडेकरका कुनै पनि उपकरण खरिद गरेपछि बी एन्ड डी वारेन्टी कार्ड नम्बर, उत्पादनको नाम, ग्राहकको नाम र ठेगाना टाइप गरी ३१००३ नम्बरमा एसएमएस पठाउनुपर्नेछ। प्राप्त एसएमएसका आधारमा लक्की ड्रमार्फत विजेताको छनोट गरिनेछ।

यो विशेष योजना मंसिर २९ गतेदेखि देशभरका सीजी डिजिटल, एलजी शप्स तथा अन्य आधिकारिक च्यानल पार्टनरमार्फत उपलब्ध हुनेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ।

ब्ल्याकंडेकर सन् १९१० देखि विश्वव्यापी रूपमा नवप्रवर्तन, दक्षता र प्रयोगकर्ता–मैत्री प्रविधिमा आधारित उपकरण उत्पादन गर्दै आएको अन्तर्राष्ट्रिय ब्रान्ड हो। ११५ वर्षभन्दा लामो इतिहास बोकेको यस ब्रान्डले विश्वका १०० भन्दा बढी देशहरूमा आफ्ना उत्पादन तथा सेवा विस्तार गरिसकेको छ। प्रयोगकर्ता–मैत्री डिजाइन, ऊर्जा दक्षता र दीर्घकालीन टिकाउपनामा ब्ल्याकंडेकरले विशेष जोड दिँदै आएको छ।

नेपालमा ब्ल्याकंडेकर ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्स हो। चार दशकभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली उपभोक्ताको विश्वास जित्दै आएको छ।

कम्पनीले देशभर रहेका आफ्ना शोरुम तथा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूको सुविधाका लागि cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि उपलब्ध गराउँदै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime