Skip to content

भ्रम फैलाएर लगानीकर्ता डुबाउने दिपेन्द्र अग्रवाललाई सघाउने तीन ब्रोकरलाई आधा करोड जरिवानादेखि हदैसम्मको कारबाही हुने

nabil bank

काठमाडौं । झुठा भ्रम फैलाएर सोझा लगानीकर्तालाई फसाउने, आफु अकुत रुपैयाँ अवैध माध्यमबाट कमाउने सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई सहयोग गर्ने तीन वटा ब्रोकर कम्पनी कारबाहीको दायरामा परेका छन् ।

अग्रवालले झुठा भ्रामक विवरण सम्प्रेषण गरेर लगानीकर्ता फसाउँदै एउटै कम्पनीबाट करिब आधा करोड कमाएपछि बोर्डले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा अग्रवालका साथै धितोपत्र दलाल व्यवसायी सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सिर्भिसेसलाई नगद ५० लाख सहित हदैसम्मको कारबाही गर्न सिफारिस गरेको छ ।

बोर्डले गरेको अध्ययन अनुसार धितोपत्र दलाल व्यवसायी सिप्ला सेक्युरिटिज (प्रा.लि) ले २०८१ जेठ २७ गते बोर्डमा पेश गरेको पत्रमा अग्रवालले उक्त ब्रोकरको टीएमएसबाट अन्य विभिन्न १५ जना व्यक्ति तथा संस्थाको नामबाट कारोबार गरेको देखिएको छ ।

उक्त कारोबारको रकम तिर्ने बुझाउने र दाबी गर्दै आएको व्यहोराबाट सिप्ला सेक्युरिटिज (प्रा‍.लि) लाई उक्त कारोवारहरुको वास्तविक धनीको विवरण थाहा भएपनि अद्यावधिक नगरी उक्त संस्थाले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (४) को खण्ड (घ) र दफा ७ग को व्यवस्था बमोजिम अन्य व्यक्तिको तर्फबाट व्यवसायिक सम्बन्ध स्थापना तथा कारोवार गर्ने व्यक्तिको पहिचान तथा सम्पुष्टि गरेको नदेखिएको पाइएको छ ।

यसबाट धितोपत्र सम्बन्धी कसूर हुने वातावरण तयार भएको देखिएकोले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (३) लाई मध्येनजर गरी सिप्ला सेक्युरिटिज (प्रा.) लि. लाई सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम ३० लाख रुपैयाँ जरिवाना गर्न सुझाव दिएको छ ।

यस्तै धितोपत्र दलाल व्यवसायी श्रीकृष्ण सेक्युरिटिजले ज्योति अग्रवाल, सविता अग्रवाल, मिता मुरारका अग्रवाल र जय प्रकाश अग्रवालको ग्राहक परिचय विवरण सम्बन्धमा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७क को उपदफा (४) को खण्ड (घ) र दफा ७ को व्यवस्था बमोजिम अन्य व्यक्तिको तर्फबाट व्यवसायिक सम्बन्ध स्थापना तथा कारोवार गर्ने व्यक्तिको पहिचान तथा सम्पुष्टि गरेको नदेखिएको र यसबाट धितोपत्र सम्बन्धी कसूर हुने वातावरण तयार गरेको पाइएको छ ।

जसले गर्दा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (३) लाई मध्येनजर गरी श्रीकृष्ण सेक्युरिटिज लि. लाई सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ. को उपदफा (१) को खण्ड (ख) बमोजिम १० लाख रुपैयाँ जरिवाना गर्ने सिफारिस गरेको छ ।

यस्तै धितोपत्र दलाल व्यवसायी हातेमालो फाइनान्सियल सिर्भिसेस प्रा. लि. ले ज्योति अग्रवालको ग्राहक परिचय विवरण सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (४) को खण्ड (घ) र दफा ग. को व्यवस्था बमोजिम अन्य व्यक्तिको तर्फबाट व्यवसायिक सम्बन्ध स्थापना तथा कारोवार गर्ने व्यक्तिको पहिचान तथा सम्पुष्टि गरेको देखिएको छैन ।

२०८२ वैशाख १६ गते कर्पोरेट डेभलपमेन्ट बैंकको अन्तिम मूल्य ११६ रुपैयाँ ८३ पैसाले वृद्धि हुने वातावरण तयार भएको देखिएकोले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ. को उपदफा (३) लाई मध्येनजर गरी हातेमालो फाइनान्सियल सिर्भिसेस प्रा. लि. लाई सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम १० लाख जरिवाना गर्न सिफारिस गरेको छ ।

यस्तै धितोपत्र दलाल व्यवसायी सिप्ला सेक्युरिटिज (प्रा.) लि.ले उक्त संस्थाका ग्राहक सविता अग्रवाल, दिपेन्द्र अग्रवाल, ज्योति अग्रवाल, जय प्रकाश अग्रवाल, मिता मुरारका अग्रवाल, रेशु अग्रवाल, कुसुम देवी अग्रवाल, एस मल्टिप्रपोज कम्पनी, नरेन्द्र कुमार अग्रवाल, आहान मुरारका अग्रवाल, राम सिंह साउद, मनकुमारी गुरुङ, विरेन्द्र बहादुर साउद, गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनी र सीमा कुमारी अग्रवाललाई दिनुपर्ने र लिनुपर्ने रकम धितोपत्र कारोवार राफसाफ तथा फछ्यौट विनियमावली, २०६९ को विनियम १६ र १७ बमोजिम लिने दिने गरेको देखिएको छैन् । उक्त संस्थालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम हदैसम्मको जरिवाना गर्न सिफारिस गरेको छ ।

बोर्डले गरेको अध्ययनमा धितोपत्र दलाल व्यवसायी हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि.ले उक्त संस्थाको ग्राहक ज्योति अग्रवाललाई कारोवार गर्ने सीमा दिदा धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम लिनुपर्ने अग्रीम रकम नलिई मिति उल्लेख नभएको आधारमा कारोवार सीमा दिई विनियमावलीको व्यवस्थाको उल्लंघन गरेको देखिएकोले उक्त संस्थालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम हदैसम्मको जरिवाना गर्न सिफारिस गरेको छ ।

अध्ययन अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लि. को बारेमा भ्रामक कुराहरु सार्वजनिक गर्नुपूर्व उक्त कम्पनीको सेयरहरु खरिद गरी संकलन गरेको, भ्रामक कुराहरु सार्वजनिक गरेपछि बजार बढेको र उक्त सेयरहरु बढी मूल्यमा बिक्री गरेको देखिएको छ ।

उक्त अवधिमा निजले जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लि. को सेयरहरु औषत २७५.७४ रुपैयाँमा खरिद गरी औषत ३४२.८५ रुपैयाँमा ७३ हजार ३०७ कित्ता सेयरहरु खरिद बिक्री गरेको पाईएको छ । उनले प्रति कित्ता ६७.११ रुपैयाँ मुनाफा देखिएको छ । उक्त कारोबारबाट निजले उनले ४९ लाख १९ हजार ८६५.९० रुपैयाँ नाफा आर्जन गरेको देखिएको छ । अग्रवालले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरणहरु दिने कसुर गरेको पुष्टी हुने आधार देखिएको छ ।

अग्रवालले १५ जनाको टीएमएस युजर चलाएकोमा उनले गरेको कारोबारहरुमा उक्त १५ जना भित्रकै मध्येबाट सेयर खरिद बिक्री (कारोबार) भएको तथा दिपेन्द्र अग्रवाल र ज्योति अग्रवालको बैंक खाताको विवरण अनुसार पनि दुवैको कारोवारको राफसाफ गर्दा एउटै रकम प्रयोग गरेको देखिएको छ । जसले गर्दा उनीहरुबीच भएको कारोवारमा वास्तविक धनी परिवर्तन नभएको देखिएको छ । जसले गर्दा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ को खण्ड (क) बमोजिम झुठो कारोबार गरेको पुष्टि हुने आधार देखिएको छ ।

अग्रवाल र निजसँग सम्बन्धित स्मार्ट डोर्स् लिमिटेड र ज्योति अग्रवालबीच खरिदकर्ता स्मार्ट डोर्स् लिमिटेड र बिक्रीकर्ता ज्योति अग्रवाल गरेको अध्ययनले देखाएको छ । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर ४ करोड ९० लाख ३४ हजार रुपैयाँको कारोबारबाट वास्तविक स्वामित्वमा फरक नपर्ने देखिएको छ ।

उक्त कारोबार धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ को खण्ड (क) र (ख) बमोजिम झुठो कारोबार रहेको देखिएको र उक्त झुठो कारोवारबाट २०८२ वैशाख १६ गते कर्पोरेट डेभलपमेन्ट बैंकको अन्तिम मूल्य ११६.८३ रुपैयाँले बृद्धि गराएको पाइएको छ ।
जसबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९५ बमोजिमको कसूर गरेको देखिएको छ । उक्त कसुरहरुको सम्बन्धमा अनुसन्धान गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०३ को उपदफा (३) बमोजिम उजुरी संकलित विवरण तथा मिसिल प्रहरी प्रधान कार्यालयमा पेश गर्न उपयुक्त हुने देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime