Skip to content

वालनटको ‘ह्याप्पी आवर’ अफर, खाना नमिठो लागेमा निःशूल्क

nabil bank

काठमाडौं । पानीपोखरीस्थित वालनट बिस्ट्रो रेष्टुरेन्टले दैनिक तथा नयाँ आउने ग्राहकलाई लक्षित गरेर खानामा विन्टर अफर ल्याएको छ । रेष्टुरेन्टले दैनिक बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म ‘ह्याप्पी आवर’ अफरमा मटन,चिकन र भेज खानामा २५ प्रतिशत छुटसहितको अफर सार्वजनिक गरेको हो ।

ह्याप्पी आवरको खानामा २५ प्रतिशत छुट भएपछि मटन खाना ५६२ रुपैयाँ, चिकन खाना ४८७ र भेज खाना ४४९ रुपैयाँमा पाइने भएको छ । रेष्टुरेन्टमा मटन,चिकन र भेज खानाको साथै अन्य परिकार पनि उपलब्ध रहेको निर्देशक आकाश पौडेलले जानकारी दिए । यो अफर रेष्टुरेन्टमा ४ वर्षदेखि जारी रहेको छ ।

उनका अनुसार ह्याप्पी आवरबाहेक मटन खाना ७४९ रूपैयाँ, चिकन खाना ६४९ र भेज खाना ५९९ रूपैयाँ रहेको छ । ‘खानाको स्वाद नमिठो लागेमा खाना निस् शूल्क खान पाइनेछ,’ पौडेलले भने । त्यसैगरी, रेष्टुरेण्टले हालै ‘लिटल फ्री लाइब्रेरी’ (सानो निःशुल्क पुस्तकालय) नौलो अभियानको सुरुवात गरेको छ। जसअन्तर्गत कोही ग्राहकले पुस्तक निःशुल्क लिन सक्ने र आफ्नै पुस्तक राखिदिन सक्ने व्यवस्था गरिएको छ।

रेस्टुरेन्टको प्रवेशद्वार नजिकै राखिएको यो सानो तर आकर्षक पुस्तकालय बाकसमा साहित्य, कविता, यात्रा विवरण, जीवनीदेखि बालसाहित्यसम्मका विविध पुस्तकहरू उपलब्ध हुनेछन्। ‘ पुस्तक छोड र पुस्तक लिएर जाउ अर्थात् ‘एउटा लिनुस्, एउटा राखिदिनुस्’ भन्ने अवधारणामा आधारित यो अभियानले पुस्तक आदानप्रदानमार्फत पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पुस्तकालय सञ्चालनमा ल्याइएको रेष्टुरेण्टले सञ्चालनमा ल्याएको हो ।

ग्राहकहरूलाई भोजनभन्दा बढी ज्ञानको अनुभव दिने लक्ष्य लिएको छ। “हामी मान्छेहरूलाई जोड्ने ठाउँ बन्न चाहन्छौं,” रेष्टुरेन्टले बताएको छ, “खाद्यान्न मात्र होइन, विचार, कथा र अनुभवको आदानप्रदान हुने स्थान बनाउने हाम्रो प्रयास हो।” रेष्टुरेण्टले यसअघि नै ‘गुणस्तर र सन्तुलन’ लाई आफ्नो खाद्य दर्शनको रूपमा लिँदै, स्थानीय रूपमा उत्पादित ताजा सामग्रीहरू प्रयोग गरेर नेपाली पारम्परिक व्यञ्जन ‘दाल भात तरकारी’ का विभिन्न (वेज, चिकन, मटन, फिस वा ट्राउट) सेवा दिँदै आएको छ । पुस्तकालयको यो पहलले स्वाद, संस्कृति र सिर्जनशीलताको सम्मिश्रणमार्फत ग्राहकहरूलाई अझै गहिरो अनुभव दिलाउने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime