Skip to content

युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

nabil bank

काठमाडौं । युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रक्रियामा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नं.८ स्थित औद्यौगिक क्षेत्रमा रहेको युनिक प्लास्टिक उद्योगले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँमा आइपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले ७लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बुधवार नेपाल लाइफ क्यापिटल कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा युनिक प्लास्टिक उद्योगका तर्फबाट अध्यक्ष हरि बहादुर बस्नेत तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरे हस्ताक्षर गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime