Skip to content

नेपालीले पाँच महिनामा २४ हजार किलो सिन्काले दाँत कोट्याए, पौने एक करोड बढी रकम बाहिरियो 

nabil bank
काठमाडौं । नेपालमा दाँत कोट्याउने सिन्का (टुथपिक) आयातमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा  ८२ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको टुथपिक आयात भएको हो ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालले २४ हजार २६६ किलो टुथपिक आयात भएको हो । टुथपिक आयातबाट सरकारले ३२ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सबैभन्दा धेरै यस्तो बस्तु चीनबाट आयात भएको छ । चीनबाट १४ हजार ९१८ किलोग्राम टुथपिक र ९ हजार ४६ किलोग्राम काठको टुथपिक आयात भएको छ।
यसैगरी, यस अवधिमा भारतबाट सानो परिमाणमा ५० किलोग्राम टुथपिक र ५० किलोग्राम काठको टुथपिक आयात गरिएको छ। थाइल्यान्डबाट पनि २०२ किलोग्राम काठको टुथपिक आयात भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life