Skip to content

समाजसेवी स्व.गोयलको सम्मानमा १० रुपैयाँको हुलाक टिकट सार्वजनिक

nabil bank

काठमाडौं । उद्योगी एवं समाजसेवी स्व. ओमप्रकाश गोयलको स्मृतिमा १० रुपैयाँको हुलाक टिकट सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभागको आयोजना तथा गोयल फाउन्डेशनको सहआयोजनामा मंगलबार साँझ राजधानीमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय जगदीश खरेलले स्व. गोयलको फोटो अंकित १० रुपैयाँको हुलाक टिकट सार्वजनिक गरे ।

कार्यक्रममा मन्त्री खरेलले स्व. गोयलले समाजका लागि पुर्याएको योगदानको स्मरण गर्दै भौतिक शरीर नरहेपनि उनको कर्मले स्व. गोयललाई अमर बनाएको बताए ।

“बाँच्नुको सार्थकता अरूलाई गर्ने सहयोगले पूर्ण गराउँछ । अरूका लागि बाँच्ने नै प्रतिष्ठित हुन्छ, अमर हुन्छ” मन्त्री खरेलले भने, “स्व. गोयलले अरुका लागि गर्नुभएको योगदानले नै उहाँ हुलाक टिकटमा टाँसिनुभएको छ । समाजका लागि गर्नुभएको कामले नै उहाँलाई अमर बनाएको छ ।”

कार्यक्रममा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया पंगेनीले स्व. ओमप्रकाश गोयलले समाजका लागि गरेको योगदानको कदर गर्दै उनको नाम र फोटो अंकित हुलाक टिकट प्रयोगमा ल्याएको बताए ।

त्यस अवसरमा गोयल फाउण्डेशनका अध्यक्ष कैलाशचन्द्र गोयलले आफ्ना पिता स्व. गोयलले समाज सेवामा गर्नुभएको योगदानका विषयमा चर्चा गर्दै संस्थापक स्वर्गीय ओम प्रकाश गोयलको ज्ञान, सीप र अनुभव एवं मार्गदर्शन अनुरुप गोयल ग्रुप अगाडि बढिरहेको बताए । उनले स्व. गोयल खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा सधै सक्रिय रहने गरे ।

विद्यालय भवन, गौशाला निर्माण, विभिन्न मठ–मन्दिरहरुको स्थापना, विभिन्न सामाजिक कार्यका लागि आवश्यक पर्ने भवन निर्माणमा स्व. गोयलले योगदान गरेको उनले जानकारी गराए । उनले आफ्ना स्व. बुवाले जीवनकालमा गरेको सेवाको सम्मान गर्दै उनको कार्यलाई स्थापित गराइदिने सरकार र हुलाक सेवा विभागप्रति गोयल परिवार सधैं ऋणी रहने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life