काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई उक्त पदमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष अग्रवालले बुधबार नै राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अग्रवालको नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव रहेको छ ।
यस अघि एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा तुलसीराम अग्रवाल थिए । उनले आइतबार राजीनामा दिएसँगै बैंकको नयाँ अध्यक्षमा अशोक नियुक्त भएका हुन ।







प्रतिक्रिया दिनुहोस्