Skip to content

पाँच तारे होटल क्लव चौलानीले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल नियुक्त

nabil bank

काठमाडौं । क्लव चौलानी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

क्लव चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेड बीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । मंगलबारका बुढानिलकण्ठ होलिडे इन रिसोर्टमा सम्पन्न एक कार्यक्रमका कम्पनीले गरिमा क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा क्लव चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र केसी तथा गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका छन् । बि.स. २०६५ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको क्लव चौलानी २०८१ पौष २२ गते पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । क्लव चौलानीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउनेरकम आईपीओको रुपमा सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life