Skip to content

बैंकिङ कसुर तथा सजाय ऐन खारेज गर्न कार्यदलको सुझाव

nabil bank

काठमाडौं । बैंकिङ कसुर तथा सजाय ऐन खारेज गर्न कार्यदलको सुझाव राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुझाव दिएको छ । कार्यदलले उक्त ऐन इमानदार बैंककर्मीका लागि समेत आतंकको विषय बन्दै गएकाले खारेज गर्नु पर्ने सुझाव दिएको हो ।

अब अन्य मुलुकमा लागू हुने सामान्य कानुनी प्रावधानअन्तर्गत बैंकिङ कसुरको कारबाही गर्ने व्यवस्था मिलाउनुपर्ने कार्यदलको निष्कर्ष छ । कार्यदलले भारत, चीन, अमेरिका, बेलायत, सिंगापुरजस्ता विकसित देशमा बैंकिङ कसुरका लागि छुट्टै ऐन नरहेको उल्लेख गर्दै नेपालले पनि सोही बाटो अपनाउनु उपयुक्त हुने जनाएको छ ।

त्यसैगरी, ऐन खारेज नहुँदासम्म कुनै पनि बैंकिङ कसुरसम्बन्धी उजुरीको निष्पक्ष छानबिनका लागि नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीले समन्वय गरी बैंकिङ ज्ञानसम्पन्न, स्वच्छ छवि भएका विशेषज्ञको संयोजकत्वमा अनुसन्धान समिति गठन गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life