Skip to content

मन्त्रिपरिषद्को निर्णयः च्याउ दिवस मनाउनेदेखि जापानमा कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेजसम्म

nabil bank

काठमाडौं । सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ । उनले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृती दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको जानकारी दिए ।

त्यस्तै जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय भएको पनि बताए । त्यसैगरी बैठकले विभिन्न ९ स्थानमा इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life