Skip to content

सुनको आयात एक महिनामा ८ किलो बढ्याे, चाँदी ६ हजार किलोभन्दा धेरै भित्रियाे

nabil bank
काठमाडौं ।  चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले विभिन्न देशबाट १६ अर्ब ३७ करोड १८ लाख ३५ हजार रुपैयाँ बराबरको सुन आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत कात्तिक महिनाको तुलनामा सुन आयात १३ करोड ७७ लाख ४७ हजार रुपैयाँ बराबरकोमात्र आयात भएको छ । कात्तिक मसान्तसम्म १६ अर्ब २३ करोड ४० लाख ८८ हजार रुपैयाँ बराबरको सुन आयात भएको थियो ।
सुन आयात सामान्य बढेको भएता पनि चाँदी आयात भने उच्च रूपमा भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ । मंसिर महिनासम्म नेपालले विभिन्न देशबाट ९ अर्ब १४ करोड ४० लाख २० हजार रुपैयाँ बराबरको चाँदी आएको छ । यो आयत कात्तिक मसान्तको तुलनामा १ अर्ब ४९ करोड ८८ लाख ८१ हजार रुपैयाँ धेरै हो । कात्तिक महिनासम्म ७ अर्ब ६४ करोड ५१ लाख ३९ हजार रुपैयाँको चाँदी आयात भएको थियो ।
चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले सुन आयात गरेर १ अर्ब ६३ करोड ७९ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चाँदी आयातबाट सरकारले मंसिर मसान्तसम्म आउँदा ९१ करोड ४४ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
मंसिर महिनासम्म एक ४२ हजार ३४७ किलो चाँदी आयात भएको  छ । एक महिनामात्र चाँदी आयात ६ हजार २९१ किलोले बढेको छ  ।  गत कात्तिक मसान्तसम्म ३६ हजार ५९.३४८ किलो चाँदी आयत भएको थियो ।
यसैगरी, चालु आवको पाँच महिनामा ९४४.१०७ किलो सुन आयात भएको छ । एक महिनामा सुन आयात ८ किलोले बढेको छ । गत कात्तिक महिनासम्म ९३५.७४९ सुन आयात भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life