काठमाडौं । सरकारले गठन गरेको जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
भदाचै २३ र २४ गते भएको जेनजी आन्दोलन पछि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।
कार्कीविरुद्ध प्रश्न उठाउँदै उक्त आयोग नै खारेज गर्न माग गर्दै रिट परेको थियो । आज सर्वोच्चका न्यायाधीशत्रय डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले रिट खारेज गर्न निर्देशनात्मक आदेश दिएको छ ।
उक्त आयोगमा कार्की संयोजक तथा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका थिए ।








प्रतिक्रिया दिनुहोस्