काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीको प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छ । सर्बसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको छ ।
यस्तै १ लाख १५ हजार ५९६ इकाई सेयर विदेशमा रहेका नेपालीलाई बाँडफाँड गरिएको छ । ५७ हजार ७९८ कित्ता सेयर म्युचुअल फन्ड, ५७ हजार ७९८ इकाई कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको सकेको छ ।
आईपीओमा अहिलेसम्म माग भन्दा करिब २४ गुणा बढी आवेदन परिसकेको छ । आईपीओमा न्यूनतम ५० देखि अधिकतम २० हजारसम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आईपीओमा धितोपत्र बोर्डबाट सीआश्वा सदस्य रहेका बैंक तथा बित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।








प्रतिक्रिया दिनुहोस्