काठमाडौं । असार २४ गते आएको बाढीले क्षति पुगेको रसुवागढीस्थित मितेरी पुल क्िरब ६ महिनापछि सञ्चालमा ल्याइने भएको छ । आइतबारदेखि नाका सञ्चालनमा ल्याइने भएको छ ।
चिनियाँ पक्षले आज सूचना जारी गरेर आइतबारदेखि नाकामा नेपालीलाई आवत जावत गर्न दिने जानकारी दिएको छ ।
मितेरी बेलिब्रिज पुलको निर्माण पुरा भएको र निरीक्षण समेत पास भएकाले आइतबारदेखि सीमापार ढुवानीमा संलग्न चालक र यात्रुहरूलाई प्रवेश गर्न अनुमति दिइने जनाइएको छ । चीनियाँ पक्षले सबै सम्बन्धित पक्षलाई आवश्यक तयारी पूरा गरी सवारी साधन लोड लगायतका अग्रीम तयारी गर्न आग्रह समेत गरेको छ ।
आगामी जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारी साधनको निरीक्षण गरी आवागमन अनुमति दिने सुचनामा उल्लेख छ । यस अवधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने भएको छ । यो पुल चिनियाँ लगानीमा निर्माण भएको हो ।








प्रतिक्रिया दिनुहोस्