काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पुस भित्रै पद छोडने भएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने सहमतिपछि उनले पद त्याग गर्न लागेका हुन् ।
आज बिहान रास्वपाका सभापति रवि लामिछाने र शाहबीच भएको सहमति अनुसार साहले निर्वाचन जितेको खण्डमा प्रधानमन्त्री बन्ने छन् । यस्तै रास्वपाको सभापतिमा लामिछाने कायमै रहनेछन् । शाहलाई भावी प्रधानमन्त्रीका उम्मेदवारको रुपमा अघि सारेसँगै उनले महानगरबाट बाहिरिने भएका हुन् ।
त्यसको लागि अहिले नै राजीनामा दिने तयारी भने भइसकेको छैन । उनले राजीनामा दिनु पुर्व नगरसभा, कार्यापालिकामा पेश भएका विषय विषय पास गर्ने तयारी रहेको छ ।
महानगरले अघि बढाएका कामलाई कायम मुकायमा मेयरले अघि बढाउँदा कानूनी अल्झन नआउने गरी छाडने तयारी रहेको स्रोतले जानकारी दियो । महानगरमा शाहको कार्यकाल अझै करिब १६ महिना बाँकी छ ।








प्रतिक्रिया दिनुहोस्