झापा । चालु आर्थिक वर्षको पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यो अवधिमा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारत निर्यात भएको छ ।
कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख ७ हजारको चिया र ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ । साथै ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ ।
साथै ९ करोड १२ लाख ८७ हजारको मुसुरो र तीन करोड ७८ लाख ८३ हजार मूल्य बराबरको फलामे पाता निर्यात भएको भन्सारले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्