काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
स्याङजा जिल्लाको बिरौटा शाखाले विद्यालयलाई उक्त सहयोग हस्तान्तरण गरेको हो । बैंकको पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद पोखरेललाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरे ।
कार्यक्रममा अध्यक्ष पोखरेलले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत पुतलीबजार नगरपालिका ४, रामकोश स्याङ्जामा रहेका गरिब विद्यार्थीहरुलाई गरिएको पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरणले उनीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले विद्यालयमा वितरण गरिएको पोशाक तथा शैक्षिक सामाग्रीले समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्