Skip to content

कुमारी बैंकले सुमेरु अस्पताल, शंकरापुर एकेडेमी र एशियन कलेज फर एडभान्स स्टडिजको धितो लिलाम गर्दै

nabil bank

काठमाडौं । कुमारी बैंकले सुमेरु अस्पताल, शंकरापुर एकेडेमी र एशियन कलेज फर एडभान्स स्टडिजको धितो लिलामी गर्ने भएको छ ।

कुमारीले तीन वटै प्रालिले लिएको ऋण नतिरे पछि धितो लिलामी गर्न लागेको जनाएको छ । धितोमा रहेको सम्पत्ति लिलाम बिक्रीको लागि १५ दिने गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको छ ।

बैंकका अनुसार ऋणीले प्राप्त गरेको कर्जाका बैंकलाई समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा व्याज, पेनाल व्याज आदि चुक्ता भुक्तान गर्न पटक पटक लिखित एवं मौखिक रुपमा सूचना गर्दा बेवास्था गरेको छ ।

पटक पटक ताकेता गर्दा समेत नतिरी नबुझाई बैंकसंग भएको ऋणकर्जा सम्बन्धी शतं बन्देजहरु उल्लंघन गरेको बैंकले जनाएको छ । बैंकले ऋणीलाई सम्पूर्ण कर्जा, सो कर्जाको व्याज, पेनाल व्याज तथा अन्य दे दस्तुरहरु तिर्न बुझाउनको लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

ऋणीले प्राप्त ऋणकर्जाको बैंकलाई तिर्न बुझाउनु पर्ने ऋणकर्जाको साँवा व्याज, पेनाल व्याज आदि चुक्ता भुक्तान नगरेकाले बैंकलाई कर्जाको सुरक्षण वापत धितो बन्धक लेखिदिएका सम्पत्ति तथा त्यसको लिगलगापातहरु समेत जहां जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा बिक्री गर्न लागेको जनाएइको छ ।

आजको १६ औ दिन अर्थात पुस २८ गते बैंकको केन्द्रिय कार्यालय अन्तर्गत कर्जा असुली विभाग बागबजार, काठमाडांैमा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री हुने जनाइएको छ । धितोमा रहेको अचल सम्पतिहरु सकार गरी लिन ईच्छुक महानुभावहरुले गोप्य शिलबन्दी बोलपत्र दिन सक्ने बैंकले जनाएको छ ।

सुमेरु अस्पतालले कर्जा लिँदा जमानकिर्तामा सञ्चालक दिलिप कुमार डंगोल, विनोद आचार्य, मेहराज दहाल, सुनिल डंगोल, रमेश महर्जन, धन विक्रम कार्की, भरत महर्जन र विकास महर्जन रहेका छन् ।

यस्तै शंकरापुर एकेडेमीले लिएको धितोको व्यक्तिगत जमानीकर्तामा सञ्चालक दिलिप कुमार डंगोल, विनोद आचार्य, मेहराज दहाल, सुनिल डंगोल, रमेश महर्जन, स्वच्छन्दता मानन्धर र भरत महर्जन रहेका छन् ।

यस्तै एशियन कलेजले लिएको धितोको व्यक्तिगत जमानीकर्तामा सञ्चालक दिलिप कुमार डंगोल, विनोद आचार्य, मेहराज दहाल, सुनिल डंगोल, रमेश महर्जन, स्वच्छन्दता मानन्धर, भरत महर्जन, विकास महर्जन र बिरु महर्जन रहेका छन् ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime