Skip to content

सुन चाँदीको मूल्यमा लाग्दै आएको रेकर्ड ब्रेक रोकिएन

nabil bank

काठमाडौं । सुन र चाँदीको मूल्यमा लाग्दै आएको रेकर्ड ब्रेक निरन्तर जारी छ ।

आज पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी २७० रुपैयाँले बढेर अर्को रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ । यो अहिलेसम्मको धेरै मूल्य हो । गत शुक्रबार सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला २७० रुपैयाँले बढेर ४ हजार ८३५ रुपैयाँ पुगेको छ । शुक्रबार ४ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life