Skip to content

व्यवसायी र उद्यमीलाई सघाउँदै ‘यशवीर इन्टरनेसनल’, ब्यूटी एक्स्पोमा बन्यो विशेष आकर्षण

nabil bank

काठमाडौं । उद्यमी बन्ने चाहना छ वा व्यवसाय गर्ने सोच बनाउँदै हुनुुहुन्छ ? तर, उद्योग स्थापना कसरी गर्ने, कसरी प्रडक्ट बनाउने, कामदार कसरी व्यवस्थापन गर्नेजस्ता अनेकौं समस्याले अन्यौलमा हुनहुन्छ भने अब ती सबै समस्याको समाधान लिएर आएको छ ‘यशवीर इन्टरनेसनल’ ।

शुक्रबारदेखि काठमाडौं बालुवाटरस्थित आम्रपाली ब्यांकेटमा चलिरहेको पहिलो कस्मेटिक तथा ब्यूटी एक्स्पो (कस्मेटिका २०२५) मा कम्पनीको स्टल विशेष आकर्षण बनेको छ । एक्स्पोमा व्यवसायी तथा भिजिटरहरुले कम्पनीले प्रदान गर्दै सेवाबारे विशेष चासो राखेको र इन्क्वायरी उच्च रहेको यशवीर इन्टरनेसनलका बजार प्रमुख ईश्वर रिजालले बताए ।

विशेष गरि ब्युटी प्रडक्ट (सौन्दर्य सामग्री) का क्षेत्रमा काम गर्दै आएको कम्पनीले व्यवसायीले चाहेको नाम, ब्राण्ड र डिजाइनअनुसारका प्रडक्टहरु उत्पादन गरेर उपलब्ध गराइरहेको छ ।

यसले गर्दा व्यवसायीले उद्योग स्थापना, प्रडक्टको अनुसन्धान तथा विकास र कामदार व्यवस्थापनको कुनैपनि झञ्झट बेहोर्नुपर्दैन र आफ्नो व्यवसाय तथा प्रडक्ट प्रवर्धनमा मात्र फोकस गरेर छिट्टै आफ्नो ब्राण्ड स्ट्याब्लिस गर्दै उच्च लाभ हासिल गर्न सक्छन् ।

प्रमुख रिजालका अनुसार कम्पनीले व्यवसायीको माग अनुसार उच्च गुणस्तरको कस्मेटिक उत्पादनहरू उत्पादन गरिदिने भएकाले व्यवसायीले गर्वका साथ आफ्नो ब्राण्ड वा प्रडक्टप्रति स्वामित्व लिन सक्ने बताउँछन् ।

प्रडक्ट उत्पादनमा गहिरो विशेषज्ञताका साथ कम्पनीले स्किन, हेयर, अत्तर, दन्त र व्यक्तिगत हेरचाहका प्रडक्टहरु उत्पादन गरिदिदै आएको छ । कम्पनीले प्रडक्टको अवधारणादेखि पूरा हुने समयसम्म, बजार प्रवृत्ति, नियामक मापदण्ड र उपभोक्ता अपेक्षाहरू पूरा गर्ने रिजाल बताउँछन् ।

कम्पनीको गुणस्तर, नवीनता र पारदर्शिताप्रतिको प्रतिबद्धताले यशवीरलाई बजारको लिडर कम्पनी बनाएको रिजाल बताउँछन् । आइतबारसम्म चल्ने एक्स्पोमा कम्पनीका सेवावारे बुझ्न सकिने रिजालले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life