काठमाडौं । आज विभिन्न तीन वटा कम्पनीले बार्षिक साधारणसभा बोलाएका छन् । सभा बोलाएका कम्पनीहरुले लाभांशका साथै हकप्रदको प्रस्ताव ल्याएका छन् ।
सभा बोलाउने कम्पनीमा लक्ष्मी सनराइज बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र घोराही सिमेन्ट रहेका छन् ।
लक्ष्मी सनराइज बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ । सभाले पारित गरेपछि सेयधरनीले बैंकले तोकेको लाभाश पाउनेछन् ।
यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पनि आजका लागि सभा बोलाएको छ । कम्पनीले मोरङ जिल्लाको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि सभा बोलाएको छ । कम्पनीले सभामा १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ ।
घोराही सिमेन्ट इन्डष्ट्रीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै १ः०.७५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा लैजाने भएको छ । सभा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित होटल पौवामा बिहान ९ बजेबाट सुरु हुने जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्