Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, विकास बैंक समूहको उपसूचक बढ्यो

nabil bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

काराबारको सुरुदेखि नै आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक १०.५३ अंकले घटेर परिसूचक २६२२.८८ बिन्दु कायम भएको छ ।

३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँको किनबेच भएको छ । कारोबारमा ८५ कम्पनीको मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा विकास बैंक समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । कारोबारमा ९ विकास बैंकको मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।

कारोबारमा एसवाई प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life