काठमाडौं । पुर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा आज जाँचबुझ आयोगमा बयान दिने भएका छन् ।
उनी अपराहन्न १२ बजे बयानका लागि आयोगमा जाने जनाइएको छ । बयान सकेर उनले दिउसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारबाट पत्रकार सम्मेलन समेत गर्ने भएका छन् ।
आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई गत मंगलबार पत्र लेख्दै बयानका शुक्रबारसम्म आउनु् भनेर बोलाएको थियो ।
आयोगले लेखकको बयानपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयान लिने भएको छ ।








प्रतिक्रिया दिनुहोस्