Skip to content

बागमती आयलले एक वर्षमा गर्यो ५ अर्बको व्यापार, कुन वर्ष कति ?

nabil bank

काठमाडौं । सनफ्लावर र भटमासको तेल बेच्ने बाग्मति आयल इन्डष्ट्रिजले एक वर्षमा ५ अर्ब रुपैयाँको व्यापार गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो।

कम्पनीले सन् २०२४ मा २ अर्ब ७३ करोड रुपैयाँ, सन् २०२३ मा ३ अर्ब २२ करोड रुपैयाँ, सन् २०२२ मा ३ अर्ब १० करोड १० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ५० करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ४७ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको हो ।

सन् २००८ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सनफ्लावर तेल र भटमासको तेल प्रशोधन गरी सेल्लो ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । बागमती ग्रुपद्वारा सञ्चालित कम्पनीमा सकेत राठीको ६० प्रतिशत, अनिलकुमार अग्रवालको ३४ प्रतिशत र मनोजकुमार टपरीयको ६ प्रतिशत स्वामित्व छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime