Skip to content

गणपति वनस्पतिले एक वर्षमा गर्यो सवा ८ अर्ब रुपैयाँको व्यापार

nabil bank
काठमाडौं । गणपति वनस्पतिले गत आर्थिक वर्षमा सवा ८ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा ८ अर्ब २५ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब २४ करोड रुपैयाँको कारोबार गरेको हो। कम्पनीले सन् २०२३ मा ६ अर्ब ५० करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा १२ अर्ब ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ४८ करोड २९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले आन्तरिक बजारसँगै भारतमा पनि निर्यात गर्दै आएको छ ।
सन् १९९८ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रूपमा परिणत गरेको छ । कम्पनीले वनस्पति घ्यू, रिफाइन्ड आयल, सोडियम सिलिकेट जार, टिना, प्रिफर्म र पेट बोटल्स, पिना, एसिड आयल प्रशोधन गरी व्यापार गर्दै आएको छ ।
कम्पनीले तोरीको तेलसहित अन्य तेल गरी वार्षिक १ लाख २० हजार मेट्रिक टन क्षमतामा कार्य गर्दै आएको छ । कम्पनीले प्रशोधन गरेको तेल सफारी, सफारी हेल्थ, छक्र र रामदेव ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime