काठमाडौं । मंगलबार सुनको मूल्य एकै दिन भारी अंकले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ७ हजार ९०० रुपैयाँले घटेको हो ।
यसैगरी, मंगलबार चाँदीको मूल्यमा पनि उच्च अंकको गिरावट देखिएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलाको ३०५ रुपैयाँ घटेको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलाको २ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
यसैगरी, मंगलबार चाँदीको मूल्य तोलाको ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य तोलाको ४ हजार ८९५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्