काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल मनी चेन्जर वीरगन्ज पर्सा प्रालिको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै उक्त कम्पनीको लाइसेन्स खारेज भएको जानकारी दिएको हो ।
सूचनामा उल्लेख भए अनुसार, नेपाल राष्ट्र बैंकको मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन) को नियम ३ मा उल्लिखित व्यवस्थाविपरीत, सो संस्थाले भारतीय रुपैयाँ कारोबार गर्ने कार्य नगरेको पाइएपछि इजाजतपत्र रद्द गरिएको हो।







प्रतिक्रिया दिनुहोस्