Skip to content

नेपालगन्ज भन्सारबाट ७ अर्ब ६५ करोड बढी राजस्व स‌कंलन, कुन महिना कति ?

nabil bank

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा ७ अर्ब ६५ करोडभन्दा बढी राजस्व सकंलन गरेको छ ।

पाँच महिनामा ७ अर्ब ६५ करोड १९ लाख ९० हजार राजस्व स‌कंलन भएको कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार नेपालगन्ज भन्सारले चालु आवको हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन । चालु आवको साउनमा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा १ अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत १ अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व संकलन भएको छ ।

त्यसैगरी, असोजमा १ अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७.८३ प्रतिशत १ अर्ब ७४ करोड १६ लाख ५ हजार, कात्तिकमा २ अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२.३० प्रतिशत १ अर्ब ५३ करोड ७० लाख ८२ हजार र मङ्सिरमा १ अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३.४५ प्रतिशत १ अर्ब ६३ करोड ८५ लाख १० हजार राजस्व संकलन भएको छ ।

कार्यालयको तथ्यांक अनुसार अघिल्लो आव २०८१÷८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत र मङ्सिरमा ७६.२७ प्रतिशत राजस्व संकलन भएको थियो ।

नेपालगन्ज नाका हुँदै चालु आवको पाँच महिनामा ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ। चालु आव २०८२÷८३ को मङ्सिर मसान्तसम्म ३० अर्ब ६६ करोड ८९ लाख ९० हजारबराबरको वस्तु तथा सामान आयात भएको हो ।

गत आव २०८१÷८२ को सोही अवधिमा २९ अर्ब ८ करोड ४५ लाख ४४ हजारबराबरको मालसामान आयात भएको थियो। नेपालगन्ज भन्सार कार्यालयबाट चालु आवको ५ महिनामा १ अर्ब एक करोड ६३ लाख ८९ हजारबराबरको मालसामान निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा रु ८८ करोड ६८ लाख ८२ हजारबराबरको मालसामान निर्यात भएको थियो।

चालु आवको ५ महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट कुल ३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजार बराबरको कारोबार भएको छ। अघिल्लो आवको सोही अवधिमा २९ अर्ब ९७ करोड १४ लाख २६ हजारबराबरको कारोबार भएको थियो ।कार्यालयबाट हुने व्यापार घाटा अघिल्लो आव र चालु आवको पाँच महिनामा उस्तै रहेको छ। अघिल्लो आवको पाँच महिनामा व्यापार घाटा ९७ प्रतिशत रहेकामा चालु आवमा व्यापार घाटा ९६.६८ रहेकोसूचना अधिकारी खड्काले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime