Skip to content

वर्तमान सहित ३ पूर्वप्रधानमन्त्रीलाई साक्षी राखेर अध्यक्ष ढकालको ८ प्रश्न: हामीले कर तिरेर राज्य सञ्चालन गर्नु गलत हो? 

nabil bank
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमानसहित तीन पूर्वप्रधानमन्त्रीहरूको उपस्थितिमा निजी क्षेत्रप्रति भइरहेको व्यवहारमाथि प्रश्न उठाएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघ द्वारा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै ढकालले निजी क्षेत्रको योगदानलाई अपमानित गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।
उनले उक्त कार्यक्रम उठाएका ८ प्रश्न ?
के ऋण, धन गरेर लगानी गर्ने व्यवसायीले सेवा दिएरै नाफाको अपेक्षा गर्नु अपराध हो ? 
होइन भने निजी क्षेत्रलाई किन सधैँ अपमानित गरिन्छ? 
त्यतिमात्र होइन हाम्रा निजी सम्पत्तिमाथि नै आक्रमण र आगजनी हुन्छ? 
के व्यवसायीले आफूले जोखिम लिएर धेरैलाई रोजगारी दिनु गलत हो?   
के हामीले कर तिरेर राज्य सञ्चालनका लागि खर्च जुटाउनु गलत हो? 
के पूर्वाधार निर्माण गर्नु र आम जनतालाई सेवा दिनु गलत हो ?
ढकालले निजी क्षेत्रले देशमा रोजगार, कर, सेवा र विकासमा पुर्‍याएको योगदानप्रति सरकार र समाज दुवैले सम्मान र सुरक्षा प्रदान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई र माधवकुमार नेपालको समेत उपस्थिति रहेको थियो। उनीहरूलाई साक्षी राखेर ढकालले निजी क्षेत्रको हकहित र सहयोगका लागि नीतिगत वातावरण सुधार गर्न आग्रह गरे।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime