Skip to content

राष्ट्र बैंकले दोस्रो पटक निष्कासन गर्यो २५ अर्बको ऋणपत्र

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले दोस्रो पटक २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ ।

केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ’ख’ निष्कासन गरेको हो । राष्ट्र बैंकले १ वर्ष अवधिको २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको जनाएको छ ।

ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट तय गरिने जनाइएको छ । ऋणपत्रमा न्युनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ ।

यसको सावाँ २०८३ पुस १६ गते भुक्तानी हुनेछ । ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मात्रै आवेदन दिने सक्नेछन् ।

ऋणपत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले त्यसलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime