Skip to content

ऋणपत्र आवेदनको तथ्यांकमा राष्ट्र बैंकको त्रुटि, १२ खर्ब २० अर्बबाट घटाएर १ खर्ब २० अर्बमा झारियो

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ऋणपत्र आवेदनको तथ्यांकमा त्रुटि गरेको छ । नेपाल राष्ट्र बैंकले पहिलो पटक  ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ बिक्रीको लागि आवेदन खुला गरेको थियो ।
उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले माग भन्दा ४८.८२ गुणा बढी अर्थात् १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँको आवेदन दिएको तथ्यांक राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त तथ्यांकमा त्रुटि भएपछि बैंकले बुधबार पुन तथ्यांक सच्याएर सार्वजनिक गरेको ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त ऋणपत्रमा १ अर्ब २० अर्ब ५५ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । राष्ट्र बैंकका अनुसार लिलामी प्रक्रियामा ३२ वटा बैंक तथा वित्तीय संस्थाबाट १२९ वटा बोलपत्रमार्फत उक्त रकम बराबरको आवेदन प्राप्त भएको छ । यस ऋणपत्रको औसत कुपनदर अर्थात् ब्याजदर २.६४ प्रतिशत रहेको छ।
राष्ट्र बैंकले १ वर्ष अवधिको २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत तय गरिने जनाइएको छ । ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।
यसको सावाँ २०८३ पुस १४ गते भुक्तानी हुने छ । ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले आवेदन दिने व्यवस्था रहेको छ । ऋणपत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले त्यसलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime