Skip to content

निजी क्षेत्रको माग एकातिर, सरकारको कदम अक्रो तिर भयोः सिके राउत

nabil bank

काठमाडौंं । जनमत पार्टीका सभापति सिके राउतले निजी क्षेत्र भनेको लुट्न आएको भन्ने मानसिकता रहेको बताए । जनतामा समाजवादी मानसिकता रहेको बताए ।

नेपालमा गरिबिलाई बेच्ने प्रचलन बढेको बताए । गरिबलाई हिरो बनाउने, भनिलाई हिरो बनाउन नहुने मानसिकता रहेको उल्लेख गरे । निजी क्षेत्रले राजनीति दलले सुरक्षा दिन्छु भनेपछि जनताबाट कसरी सुरक्षित हुनुहुन्छ भन्ने प्रश्न गरे ।

उनले जेनजीको नाममा हिल्टन होटल जलेको, भाटभटेनी जलेको उल्लेख गरे । सरकार, राजनीतिक दलले कहिल्यै पनि सुरक्षा दिन्न नभनेको उल्लेख गरे । जनता समाजवादी भएको, निजी क्षेत्र आओस् लगानी गरोस् भन्ने चाहना नरहेको उल्लेख गरे ।

जेनजी आन्दोलनमा बिध्वसं गर्नेलाई कारबाही गरेन भनेर भन्नुको अर्थ नरहेको बताए । उद्योगी २,३ सय रहेको र जनता ३ करोड रहेको बताए । तीन करोड जनताको मत लिएर नेता बनेपछि कारबाही गर्न समस्या रहेको बताए ।

उनले मन्त्रीले लाईट काट्दा जनताले ताली बजाउने, त्यसले पारेको असर कसैले वास्ता नगरेको धारणा राखे । मन्त्रीको कारण निजी क्षेत्र पीडित भएको कसैले चासो नभएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime